कुरा हाे, नेपाली परिवारकाे सबैकाे यथार्थकाे, मायाकाे, सदभावकाे, पैसाकाे अन्य धेरै कुराकाे, जुन कुरालार्इ हरेक मान्छेले अाफ्नाे जीवनकालमा अावश्यकता ठान्दछ । याे लेख धेरै तिर माेडिन सक्छ, तर यस्काे अर्थ एउटै हुने छ ।

यहाँ सबैलार्इ सुखः नै थियाे, खान लाउन, बस्न भाडामैं भए पनि पुगेकै थियाे, तर मनले कहाँ मान्थ्याे र नेपालीकाे यथार्थ विदेश नगएकाे, काे नै छर यहाँ? दिनहुँ हजाराैंकाे संख्यामा विदेशि भुमिमा नेपाली पाइलाहरू टेकिइन्छन, सबैले नाैला सपनाहरू बाेकेका नै हुन्छन र ती सबैका नाैला सपनाहरू पुरा गर्ने रहरहरू पनि बाेकेकै हुन्छन ।

यर्थाथमा, तिँ सपनाहरूलार्इ साकार पार्न नेपालीले सारै मिहिनेत गर्छन,
क्षणभरकाे लागि भएपनि घर परिवारकाे माया मार्छन,
काममा अाफ्नाे हात सार्छन,
विदेशि भुमिमा अाउने कठिनाइहरू लार्इ कडा मिहिनेत गरेर ठिक पार्छन,
त्याे दुःख लार्इ उनिहरूले अाफ्नाे जीवनकाे अमुल्य ज्ञान स्वरूप सम्हालेर राख्छन ।

अझै भन्नु पर्दा ती सपना र अावश्यकताहरू कति छन कति भन्न र गन्न सारै गाह्राै छ, मानिसलार्इ के कुराकाे अावश्यकता कतिबेला पर्छ भनेर ठ्म्यउनै गाह्राे छ ।

कसैलार्इ केहि खाएकाे देख्छ,
अाहै, मैले पनि त्यसरी नै खान पाए हुन्थ्याे साेच्छ, 
कसैलार्इ केहि लाएकाे देख्छ, 

अाहै, मैले पनि त्यसरी केही लाउन पाए हुन्थ्याे साेच्छ । 

अखिर मानिस् न हाे, देखेर सिक्ने प्राणी भनु वा अाफै कुनै नयाँ कुराकाे प्रचलनमा ल्याउने विवेकशील प्राणी, हरेका इच्छा छन, हरेकका अावश्यकता छन, हरेककाे बिवेक छ, यहि कुरा भएर पाे बिश्व अहिलेकाे २१ अाैँ शताब्दिमा टिकेकाे छ, नत्र भने, याे संसारकाे रूप रेखानै तेइ पुरानाे ढुङ्गे युग हुन्थ्याे, माया, ममता, अावश्यकता, प्ररिश्रम र उत्पादन भन्ने कुराकाे कुनै अर्थ नै हुने थिएन ।

जब जब, मानिस गुहार गर्दै गयाे,
तब तब, मानिस नयाँ कुरा अाफ्नाे वरि परि छर्दै गयाे,
उस्काे अावश्यकता बढदै गयाे, 

बिभिन्न कुराकाे उत्पादन र उपभाेग गर्दै गयाे ।

यथार्थमा भन्नु पर्दा, नेपालीकाे विदेशिने हाेडबाजीले सबैभन्दा पहिलाे दुःख विदेशिने नेपाली दाजु, भाइ, दिदि, बहिनीहरूले नै भाेगेका छन ।

अझैपनि यथार्थमा कुरा गर्दा विदेशिए पछि उहाँहरूकाे घर परिवारले भाेगेका छन । छुट्टिनु पर्दाकाे पिडा, बिदेशि भुमिमा हुने दुःख सम्झेर घरपरिवारलार्इ एकै छिन त सारै भावुक बनाउँछ ।

हुन पनि भावुक किन नहुन, अाफ्नाे छाेरा अथवा छाेरीले, नेपाली रगत विदेशि भुमिमा छर्किने छ, अाफ्नाे र अाफ्नाे घर परिवारका हरेक सपना पुरा गर्ने अठाेट लिएर उ विदेशि भुमिमा पसेकाे छ । जंगली ब्वाँसाे सरि उसले काम च्यार्हाछ र ति गुम्सिएका सपनाहरूलार्इ पुरा गर्ने अठाेटका साँथ कडा परिश्रम गर्छ ।

कथाकाे अन्त्य र ती सपनाकाे अन्त्य तेति बेला हुन्छ जतिबेला, उ अनायासै, माटाे मुनि पुरिन्छ, उसँगसँगै, उसका हरेक सपनाहरू माटाे मुनि पुरिन्छन् ।

उसलार्इ क्षणिक दुःखकाे अाभाष भयाे,
तर अब उसलार्इ कुनै सपनाकाे चिन्ता थिएन,
मृत्युकाे डर र अाभाष थिएन,
माया र ममताकाे उसलार्इ कुनै मिठास थिएन,
उ गयाे, सबैलाइ छाेडेर गयाे,
धेरै खाएका बाँचा कसमहरू सबै ताेडेर गयाे,
धेरैकाे माया ममता उसले छाेडेर गयाे,
अामा बुवाकाे त्याे अार्शिवाद र त्याे ठुलाे वाँचा कसम ताेडेर गयाे,
संगिनीलाइ दिएकाे त्याे सिन्दुर, सारी चाेलाेकाे लाेभ अब उ छाेडेर गयाे । 

सुरूवातकाे कुरा गर्ने हाे भने नेपालकाे माटाे, विदेशिनुकाे साटाे कयाैँ गुणा राम्राे छ, नेपालकाे माटाेमै जन्मियाैं, नेपालकाे माटाेमै हुर्कियाैँ, लडिबुडि गर्यैँ, खायाैँ खेल्याैँ, माया लगायाैँ, माया मार्यैँ धरै कुरा गर्याैँ तर जति जति ठुला हुँदै गयाैँ त्यति नै अावश्यकताहरू बढदै गए, घर परिवार सम्हाल्ने पिडा पनि बढ्दै गयाे ।

अधुराे बल्गलाइ अझै पनि म लेख्ने प्रयास गर्ने छु, तपाहरूले साँथ दिनु हने छ भन्ने अाँशा गर्दछुँ

धन्यवाद 🙂

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here