‘युवा उद्यमी: संजय कार्की, विश्व समुदायमा’ नयाँ सोसियल मिडियाका साँथ नेपाल ‘को प्रतिनिधित्व गर्दै

2
2172
logprofile

को हुन संजय कार्की?

LogProfileनेपाली युवा संजय कार्की, २२ बर्षको युवा उमेरमै अाफुलाइ बिश्व सामुदाय सामु प्रविधि क्षेत्रमा ‘उद्यमि’ र ‘कम्प्यूटर प्रोग्रामरका’  रूपमा चिनाउने प्रयत्नमा लागि परेका छन । उनि अहिले अाफ्नो डि्म प्रोजेक्ट ‘LogProfile’ मा काम गर्दै छन जस्ले सोसियल मिडिया प्लेटफर्मका रूपमा काम गर्नेछ र संगसंगै नेपाललार्इ पनि बिश्व सामु प्रविधिको क्षेत्रमा पुर्याउनको लागी महत्व पुर्ण टेवा पुग्ने छ ।

उनी सानै हुँदा उनका अामाबाबुहरू अलग हुन पुगे र उनले अामा सँगै बसेर अाफ्नो जीवनलाइ बुझ्दै, कठिनाइ हरू छिचोल्दै अाज प्रविधि क्षेत्रमा केहि गर्छु भनि लागि परेका छन । उनले कम्प्यूटर साइन्स र प्रोग्रामिंग 12 बर्षकै उमेर बाट पढ्न र बुझ्न शुरू गरेका थिए र विद्यालयमा कम्प्यूटर साइंन्स प्रमुख बिषय लिइ पास गरे ।

Entrepreneur बन्ने इच्चा राख्ने उनि, अाफ्नो उच्च स्तरिय अध्यनका लागी अमेरिकाको Augustana College, Rock Island, Illinois मा पढ्ने माैका पाए, त्यो संगसंगै उनले IBM का प्रतिनिधिहरू संग उनको विचार राख्ने माैका पनि पाए, जस्ले उनलाइ अझै प्रोत्साहन गरेको थियो ।

के हो प्रोजेक्ट “LOGPROFILE”?

‘लगप्रोफाइल’ एउटा नयाँ सोसियल मिडिया प्लेटफर्महो जहाँ युजर हरूले अाफ्नो कम्युनिटी बनाउन सक्नेछन ।

अहिलेको कुरा गर्नेहो भने बजारमा धेरै सोसियल मिडिया प्लेटफर्महरू छन, धेरै जसो ले फेसबुक जस्तै बनाउने प्रयास गर्छन र त्यसैलाइ हु-बहु बनाँउछन पनि । तर संजय ले यो सोशल मिडिया प्लेटफर्मको काम गर्ने प्रकार भिन्नै हुने भनेका छन । यसमा युजरहरूको सेक्युरिटी देखि लिएर युजर लाइ रिवार्ड गर्ने कुरा हरू पनि राखिने कुरा उनले दावि गरेका छन ।

अहिले कार्कीको टिम Monalisha Parajuli (Brand Ambassador),  Arun Shrestha (Economics Analyst), Tapan BK (Web Developer), Kevin Joshua (Business Analyst), AI developer ‘Ashis Parajuli’ र 3D Animator ‘Bibek Chhetri संगै टिममा बसेर “LogProfile” लाइ २०१९ सम्म अन्तिम रूप दिने जोडसोर साँथ काम गर्न थालेको उनि बताँउछन ।

कार्की भन्छन, ‘LogProfile’ उनले ५ बर्ष अघिदेखि नै सोच्दै अाएका थिए तर तेतिबेला कसैले पनि उनी संग काम गर्न मानेन । कार्कीको अाइडिया तेतिबेला केवल 2 पृष्ठ थियो तर अब उनी भन्छन् कि ‘लगइनफाईल’ अहिले एक लाख पृष्ठ भन्दा बढीको भइ सकेको छ ।

कार्कीकै अनुसार LogProfile ले Artificial Intelligene प्रबिधि प्रयोग गर्ने छ र जस्ले गलत रूपमा राखिएको (Fake Information) लाइ सोसियल मिडियामा बहन बाट रोक्ने छ ।

LogProfile’ will also enhance real time tracking technology to reduce unnecessary human efforts and help to shape the better humanity in this world. Mr. Karki believes that ‘LogProfile’ will bring a massive revolution in the Nepalese IT platform as well.Click To Tweet

उनि संग कठिनाइको कुरा गर्दा, उनि भन्छन, कठिनाइ छ तर, त्यसलाइ हामी बुझ्ने प्रयास गर्दै छाै र हामिले अहिल अडियन्स बेसको लागि पनि काम गर्दै छाैँ जस्ले हामीलाइ अझै धेरै प्रोत्सान र उर्जा दिने छ । उनले भने अहिले उनी बिभिन्न प्रकारका सो हरूमा ‘LogProfile’ लाइ प्रतिनिधित्व गर्दैछन ।

संजय कार्की पहिले नै अमेरिकन रेडियो शो ‘Entrepreneurship’ मा अतिथिको रुपमा उपस्थित भैसकेका छन ।

उनको पुरै टिमका सदस्यहरू आशावादी छन, कि ‘लग प्रोफाईल’ ले सबै प्रकारका व्यक्तिहरूलाई थप जागिरको अवसर सिर्जना गर्ने छ र, नकली समाचार स्रोतहरू कम गर्न, डेटा गोप्य राख्न मदत पुग्नेछ ।

यदि तपाइलाइ ‘LogProfile’ का बारेमा अझै धेरै कुरा जान्न इच्छा छ भने उहाँलाइ तपाइहरूले संपर्क गर्न सक्नु हुनेछ ([email protected] or [email protected])

2 COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here