Baisakh 12 2072 Lyrics – Neetesh Jung Kunwar – Nepali Rap Lyrics

0
25
digitalample eye

Baisakh 12 2072 Lyrics – Neetesh Jung Kunwar – Nepali Rap Lyrics

हुन त अनगिन्ती कुरा छ यो मनमा,

कसैलाई रोकि रोकि भनि रहन चाहन्न,

सुनेनी को नै छ र सबको आफ्नै ब्यथा यहाँ,

करोडौं मानिस तर सबको  छुट्टै कथा यहाँ ।


ल त साथी सुरु गरे है त अब चाहिँ,

यो कुरा थाहा नै छ हामीहरु सबैलाई,

आजको दिन र अहिलेको यो समयले,

 के गरेको थियो यहाँ बिर्सिदैन कसैले,

थर्कियो जमिन लेखेका जति भत्किए,

घरबार सङै कति सपनाहरु चर्कीए,

म पनि आत्तिए सोचे के अब मरिन्छ,

प्रकृति जङ्गे पछि के पो गर्न सकिन्छ,

आखिरी यहाँ कोहि धनि होस या गरिबै,

 सबै लाई एउटै ठाउँमा झारिदियो डरले,

दिन त पैसाले बङ्गाला नै दियो,

 तै नि पाल टाङ्गि बसियो सुख दिएन घरले,

बर्बाद साला काम – साम छोडेर,

बसियो तोप हान्दै लोकल रक्सी फोडेर,

बेहाल थियो हामो घरको ताल हेर,

छिमेकी छिमेकी ! आयो भागिहाल हेर,

त्यै पनि आमा मेरि रगडिन छाडिनन्,

जसो तसो पकाईन तर भोकै भने राखिनन्,

गएका हरुलाई हृदय देखि सम्झना,

धमिलो दिन त्यो आत्माले नै बिर्सन्न ।


हुन त अनगिन्ती कुरा छ यो मनमा,

कसैलाई रोकि – रोकि भनि रहन चाहन्न,

सुनेनी को नै छ र सबको आफ्नै ब्यथा यहाँ,

करोडौं मानिस तर सबको  छुट्टै कथा यहाँ ।


कुरा गरे यहाँ कुरैको दुख,

पैसा कमाउ आफ्नो  त्यस्मै छ सुख साथी,

पैसाले त दाम्मी खाट किन्न सक्ला तर

निन्द्रा बिना त्यो चिजलाई घाँडो नै बुझ तिमी, 

त्यै नि एकछिन लाई परिवर्तन आयो यहाँ

सेवा नै धर्म हो यस्तो पारा छायो यहाँ,

फेसबुक  ट्विटर र इन्स्टामा चारैतिर

“वि विल राईज अगेन” अब हाम्रो उठ्ने पालो यहाँ,

म पनि तातो रगत यता उता जोसिए

राहत को काम अनि दिनरातै पोखिए

जागिरे केटो आखिर जानै पर्यो  गिर्न लाई,

साहुले भन्यो पाइन्न रे डुलि हिंड्नलाई

गैदिन म नि बरु गाउँ तिरै बस्दिए,

भन्दिए हेर्नुस न पहिरो आयो फस्दिए,

कति नाजुक थियो उनिहरुको हालत,

दुखी त सबै चाहे बूढो होस या बालक,

खै आज आउँछ भोलि आउँछ थाहा भएन

राहत हिडेको हिजो हो रे तर टुङ्गै छैन,

चौकिमा गयो भन्छ्न जति आउनु आईसक्यो

सबैले पाउनु पर्ने भाग हिजै पाईसक्यो,

यो सिस्टम हेरन गईगुर्जेको छ

कर्मी र जनताको नाता यहाँ टुऋिएको छ

कति मरे होला हेर भोक प्यास र जाडोले

ज्यानको क्षतिपूर्ति अब कस्ले दिने चाडो दे ।


हुन त अनगिन्ती कुरा छ यो मनमा,

कसैलाई रोकि – रोकि भनि रहन चाहन्न,

सुनेनी को नै छ र सबको आफ्नै ब्यथा यहाँ,

करोडौं मानिस तर सबको  छुट्टै कथा यहाँ ।


हो ! बढि बोलीराछु तेहि नेता जस्तो,

आजकालको जमानामा ईन्टरनेट नि कति सस्तो,

छातिमा लुकेको यो भडास निकाल्नु थियो,

सबैको राम्रो होस यति मात्र बोल्नु थियो ।