Pollution is one hell of a thing that we hate in cities. I would definitely consider that pollution is a silent killer disease for humans.

If I’ve had to talk about the city where I live “Kathmandu”, which is surrounded by the lush green valley with beautiful scenic views as well as Himalayan ranges. But unfortunately, the crowd and pollution make sometimes messy.

I would especially talk about AIR Pollution in Kathmandu, we consider that as a major issue in Kathmandu that needs to be resolved. The main reason behind that is the dusty smokes from the vehicles; its river is sewage, the street is waste dumping zone. That is because of us not because of them, we don’t even care about next moment, we care about now and make things unethically.

Pollution is a Silent Killer Disease

This story titled “शहर कुरूप कि, मान्छे कुरूप” is just a portrayal of the polluted city which has been caused by us, not by them. That means every “us” makes them and every “them” makes “us”.

शहर कुरूप कि, मान्छे कुरूप

कुरूप शहरको परिकल्पना कसले नै गर्छ र सबैले सफा र सुग्गर घर, छर छिमेक, टोल, गाउँ, शहर र वातावरणको खोजी गरिराखेको हुन्छ र त्यहि सुन्दर, शान्त र सफा सुग्गर रमणिय स्थानमा बाँच्न र रम्न खोजी राखेको हुन्छ ।

यदि यस्तो नहुँदो हो भने, किन दिनहु मानिसले, आफ्नो घर गोरेटो हरू सफा गर्थ्यो? यदि यस्तो नहुँदो हो भने, मानिस किन केहि क्षणको लागि मात्र भए पनि सफा ठाँउमा बिश्राम गर्न खोज्थ्यो?

किन उस्ले बाटोमा हिँड्दा मुखमा रू. ३०, ४० पर्ने मास्क बेरेर हिड्थ्यो? उस्ले, चाहेकै थियो भने फोहर थुपारिएको ठाँउमा पनि त बिश्राम गर्न सक्थ्यो । तर हैन, उसलार्इ आफ्नो ज्यानको माया छ, आफैले थुपारेको फोहर बाट कहिँ आफै बिरामी पो हुन्छु कि भन्ने डर छ ।

तर उसलार्इ वातावरणीय स्वास्थ्यको चिन्ता छैन, किनकि उ यति स्वार्थी भयो कि उसले, उसको मात्रै जीवन देख्छ, अरू उसले निभाउनु पर्ने जिम्मेवारीहरू बिर्सिदिन्छ ।

भनों वा नभनौ, उसले एक छाक को लागि भए पनि जेजे जेथा गर्नु पर्ने हो गर्छ तर उसले आफ्नो लागि मात्रै सोच्छ । वातावरणीय स्वार्थ उसलार्इ थाहा छैन, वातावरणीय महत्व उसले बुझेन र वातावरण लार्इ पाइलै पिच्चछे कुरूप बनाउँदै हिडेको छ ।

तर अझै पनि भन्नु पर्दा उसले उसको आउने भोलीको परिकल्पना नै गरेको छैन किन भने उसले आजको मात्रै परिकल्पना गरि राखेको छ । उसले आजको छाकको लागि मात्रै जीवन काटि राखेको छ । हो त्यहि क्षणिक स्वार्थले, घर परिवार, छर छिमेक, गाँउ टोल, शहर देशले कुरूपताको श्राप बोकि हिडेको छ ।

अब उमेरले ४०, ५० पुगेकाहरूले सके आजभन्दा ४ दशक र नसके २, ३ दशकको झ्झल्को याद गर्नुहोस र भन्नुहोस तपार्इ को छर छिमेक र तपार्इले बस्ने शहर, राजधानी के आजको जस्तै फोहरको डंगुर ले भरिएको थियो?

थिएन भने किन थिएन भन्ने प्रश्नको उत्तर आफै खोज्नुहोस । यदि कारण बस थियो भने पनि किन थियो भनेर त्यसको उत्तर पनि आफै खोज्नुहोस ।

यदि तपाइले उत्तर पाउनु भयो भने, तपाइको उत्तर, मेरो कारणले थियो वा मेरो कारणले थिएन भन्ने हुनु पर्छ किन भने, तपाइले त्यो समय त्यहि ठाँउमा बिताउनु भएको थियो र थियो भने कारक तपाइनै हुनु हुन्थ्यो र थिएन भनेपनि कारण तपाइनै हुनु हुन्थ्यो ।

अब उमेर ले तन्नेरि हरू सम्झिनुस हिजो कलेज बाट आँउदै हुनु हुन्थ्यो, बाटोमा हिँड्दा हिड्दै भोक लाग्यो, पैँसा थियो चाउचाउ किन्नु भयो, चाउचाउ भित्रको गड्योंला जस्तो बेरिएको गुदि मिठो मानि मानि खानु भयो तर खोस्टा बाटोमै टुहुरो बनाइ छाडिदिनु भयो, अनि अलि पर जानु भयो, चट्पटे पसल देख्नु भयो र चट्पटे बेच्ने दाइ सँग कुप्पि जस्तो बेरिएको अखबारमा चटपटे माग्नु भयो र खाँदै हिड्नु भयो, त्यो भित्रको मसालेदार गुदि पनि मिठोमानि खानु भयो तर त्यो अखबार लार्इ पनि लावारिसझैं सडकमै फाल्नु भयो । अँझै केहि पर पुग्नु भयो र ठेलामा सुन्तला राखेको देख्नु भयो र दुइ गोटा सुन्तला पनि किन्नु भयो र त्यो चटपटेमा राखेको खुर्सानिले तपाइको मुख पोलि राखेको थियो सक्दो चाँडो बोक्रा निकाल्नु भयो र खान थाल्नु भयो तर फेरि त्यो बोक्रालाइ पनि तपाइले रिसाएझैं हुत्याएर त्यहि सडकमै फाल्नु भयो ।

हो यहि क्षणिक भोकको स्वार्थले घर, छिमेक अनि शहर कुरूप बनायो । यस्तै स्वार्थहरू मान्छे मान्छे पिच्चछे परिवर्तन होलान कसैले यो ठाँउ मेरो हैन सोच्ला, कसैले म आज छुँ, भोली छैन सोच्ला, तर प्रश्न चिन्ह कहाँ लाग्छ भने के तपाइले आफ्नो बस्ने कोठालाइ पनि यसरि नै कुरूप बनाएर हिड्नु हुन्छ? यदि यस्तो गर्नु हुन्न भने, तपाइले चाल्ने पाइलाहरूलार्इ तपाइले आफ्नो घर सम्झिनुस र घर जस्तै माया गर्नुस र हरेक चालेका पाइला हरू सफा र सुग्गर राख्ने प्रयाश गर्नुस ।

यदि अझै पनि, तपार्इ लार्इ मैले फालेको एउटा चाउचाउको खोस्टाले मात्र, घर छिमेक अनि शहर के नै फोहर होला र भनेर सोच्नु हुन्छ भने, तपाइले दिनहुँ कमाउने पैसा लाइ सम्झिनुस रू १/१ रूपैया बनेर १००० बनेको हुन्छ र १००० १००० बनेर तपाइले महिनामा कमाउने रू. ३०,०००, ४०,००० हजार तपाइको स्यालरि, त्यस्तै, १/१ चाउचाउको खोस्टा अथवा एक एक घरवाट आउने फोहरको झोलाले नै फोहरको डंगुर बनाउँछ ।

त्यसैले सके सम्म कतै फोहर फाल्नु भन्दा अगाडि दुइ चार चोटि सोच्नुस्, के यो राम्रो हो? के म सहि काम गरि राखेको छुँ? हो म सहि गरि राखेको छुँ भने, अरू लार्इ पनि तपार्इ जस्तै बन्न प्रेरित गर्नुहोस र स्वस्थ, सुन्दर, र शान्त समाजको निर्माण आफैबाट सुरूवात गर्नुहोस ।

This article is originally published on a blogging platform called Risingjunkiri with the title name (शहर कुरूप कि, मान्छे कुरूप) and written by Satya P. Joshi. Risingjunkiri is the platform where any blogger or a writer can join and share their thoughts with the world.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here